चुनाव हारिएलाकी भनेर अब कुनैपनि दलसँग चुनावी एकता गरिँदैन : महामन्त्री थापा

२०८० चैत्र १६, शुक्रबार

रुपन्देही : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसँग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उनले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसँग चुनावी एकता गर्ने बताएका हुन् ।

समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं १ रोहिणी गाउँपालिकाको धकधईमा भएको संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनाव हार्न तयार रहने तर अरुसँग नटासिने बताए । उन ले विगतमा कसैसँग मिलेर चुनाव नलडेको भए अहिले देशमा काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भईसक्ने बताए । त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने उनको भनाइ थियो ।

अव काँग्रेसले त्यो गल्ती नदोहोर्याउने उनले बताए । उनले माओवादीतिर लक्षित गर्दै कहिले काँग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेको बताउँदै त्यो खेल अब समाप्त भएको बताए । महामन्त्री थापाको हुलाकी मार्ग केन्द्रित संवाद यात्राको दोस्रो चरणको कार्यक्रम नवलपरासीबाट सुरु भएको हो । नवलपरासीबाट दिउँसो रुपन्देही आएका थापाले धकधईमा स्थानीयसँग सुझाव संकलन गरेका छन् भने भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग उनीहरुका समस्या लगायतका विषयमा सुझाव लिएका छन् । त्यस्तै पार्टीका नेताहरुसँग भैरहवा स्थित पार्टी कार्यालय कार्यक्रम भएको छ ।

महामन्त्री थापाको टोलीमा रहनुभएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेका लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रिया र त्यसपछि दिउँसो कपिलबस्तु कार्यक्रममा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार