टिकापुर बैठकको निर्णय नमान्ने नाउपाका दुई संस्थापक केन्द्रीय सदस्यको घोषणा

२०८० चैत्र १६, शुक्रबार

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टिकापुर बैठकको निर्णयलाई नमान्ने घोषणा गरेका छन् ।

विवादका बीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना सांसदलाई लिखित निर्देशन दिएपछि दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले सो बैठकको निर्णय नमान्ने घोषणा गरेका हुन् । नाउपाका संरक्षक र अध्यक्ष श्रीमान श्रीमतीबीचको विवादले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

नेता चौधरी विदेश भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष रञ्जिताले बुधबार टिकापुरमा संस्थापक केन्द्रीय समितिको बैठक राखेर नयाँ समीकरणलाई समर्थन गर्ने र सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेकी थिइन् । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न शुक्रवार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी छिन्। उनले लेखेको पत्रमा भनेकी छन्- ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दै छु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’

अब नाउपाका दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले १४ गते टिकापुरमा बसेको संस्थापक सदस्यहरूले गरेको निर्णयप्रति आफूहरूको समर्थन नभएको घोषणा गरेपछि यो विषय झन् पेचिलो हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार