
काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल र श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये ढकाल र श्रेष्ठ अतिरिक्त सचिवमा बढुवा भएका हुन् ।
ढकाल र श्रेष्ठ सहित डा सुधा देवकोटाको नाम पनि अतिरिक्त सचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो ।