काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई बासवारी बस्ने ४२ वर्षिय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर ६ पड्कु घर भई हाल काठमाडौँ ३१ गैरिगाँउ बस्ने ४६ वर्षिय खिम बहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ७ खानीखोला बस्ने ४५ वर्षिय संजय श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो । उनीहरु यसअघि पनि अपराधमा संलग्न थिए ।









