बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२०८२ माघ २६, सोमबार

काठमाडौं : ललितपुरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–११, टाखेलमा बा.प्र ०१–००४ क १५४८ नम्बरको बस र बा.प्र ०२–०५५ प ४२३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ बस्ने १९ वर्षीय सौगात गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार