जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने

२०८२ माघ २६, सोमबार

काठमाडौं : सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठन गरेको आयोगको म्याद फेरि थपेको छ ।

सोमबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको हो । सरकारले तेस्रो पटक आयोगको म्याद थप गरेको हो । यसअघि सरकारले यसअघि सरकारले आयोगको म्याद २० दिन थप गरेको थियो । जुन म्याद यही माघ २८ गते सकिँदै थियो ।

मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको म्याद फेरि २५ दिन थप्दा चुनावअघि प्रतिवेदन नआउने भएको छ । फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ भने २५ दिन म्याद थपको हिसाबले आयोगको समयावधि फागुन २४ गतेसम्म हुनेछ ।

सरकारले जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा गत असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार