काठमाडौँ : ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबार) बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।









