काठमाडौँ : भुजुङ हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ ।
आईपीओ मंगलबार बिहान विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यलयमा बाँडफाँट भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि कुल ८ लाख ३० हजार कित्ता शेयर निष्कासन गरेको थियो । आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । सो शेयर खरिदका लागि कुल २५ लाख ७९ हजार ९२० वटा आवेदन परेको थियो, जसमध्ये ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।









