काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ५० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ५ हजार २ सय ४० रूपैयाँ कायम भएको छ ।









