काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको आन्दोलनमा भएको आगजनी जेनजीले नभई अपराधीहरूले गरेको बताएका छन् ।
आज झापास्थित दमक नगरपालिका-२ मा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘जेनजी एउटा उमेर समूह हो । यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसेर गरेर अपराधीले मुलुक जलाएका हुन् । शिक्षक, विद्यार्थीले देश जलाएका होइनन्’ ओलीले भने ।
केही महिनाअघि भएको शिक्षकहरूको आन्दोलन र मागका विषयमा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रयास गरेको बताए ।










