काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गरेका छन्।
महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज पशुपतिनाथको दर्शन गरेपछि भण्डारेश्वर महादेवको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
राष्ट्रपति पौडेलललाई उक्त मन्दिरका पुजारीले टीका र फूलप्रसाद प्रदान गरेका थिए ।










