चारघरेमा श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा

२०८२ फाल्गुन १२, मंगलवार

काठमाडौँ : कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा आठौँ वा नवौँ शताब्दीको मौलिक कलाका विशेषतायुक्त श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । विसं २०७२ को भूकम्पबाट त्यहाँस्थित जालन्धर शक्तिपीठलाई क्षति पुगेको थियो ।

विसं २०७५ फागुनदेखि पुनर्निर्माणका क्रममा चैत १६ गते जलहरीसहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो । केही भाग टुटेको अवस्थामा भेटिए पनि मूर्तिमा विष्णुको दुईतिर नाग राखिएको पाइएको थियो । त्यसबारे पुरातत्वविद् उद्धव आचार्यले अनुसन्धान गरी उक्त मूर्ति तत्कालीन समयकै विश्वस्वरुपको मूर्ति हुनसक्छ भनी प्रारम्भिक प्रतिवेदन पेस गरेका थिए ।

यस सम्बन्धमा विभागले थप अनुसन्धान गरिरहेको जनाइएको छ । श्रीधर विष्णुको मूर्ति पाउनुअघि त्यहाँ जालन्धर पीठमा जालपादेवी मन्दिर प्रसिद्ध थियो । उक्त मन्दिर भूकम्पले भत्किएपछि पुनर्निर्माणका क्रममा श्रीधर विष्णुको मूर्ति भेटिएपछि नयाँ मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गरिएको बृहत् चारघरे धार्मिक समितिका सविच विनोद बस्नेतले जानकारी दिए । विसं २०७६ वैशाख २७ गतेदेखि पुरातत्व विभागले उत्खनन कार्य सञ्चालन गरेकामा मन्दिर तथा सत्तलको भग्नावशेष प्राप्त भएको उनले बताए ।

“मूर्ति समितिको संरक्षणमा राखिएको छ । स्थानीयले विष्णु मन्दिर निर्माण गरी पूजाआजा चलाउन माग गरेका थिए । हालसम्म देखिएका श्रीधर विष्णुको मूर्तिमा दायाँबायाँ लक्ष्मी र गरुडको आकृति हुन्छ । चारघरेमा भेटिएको मूर्तिमा भने दूई नाग कन्यासमेत भएकोले यो मूर्ति र मन्दिर विशेष रहेको छ”, सचिव बस्नेतले भने । समितिको पहलमा कीर्तिपुर नगरपालिकाले रु १२ लाख बजेट विनियोजन गरी पुरातात्विकस्थललाई असर नपर्ने गरी जालपादेवी मन्दिर प्राङ्गणमा नै विष्णु मन्दिर निर्माण गरिएको छ ।

मन्दिरको डिजाइन कीर्तिपुर–६ का प्राविधिक प्रभाष महर्जनले ग रेका हुन् । विष्णु मन्दिरको संरचना नगरपालिकाको आर्थिक सहयोगमा बने पनि मूर्ति निर्माण तथा अन्य व्यवस्थापन गर्न स्थानीयले चन्दा सङ्कलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार