टी-२० विश्वकप : जिम्बाबे भारतसँग ७२ रनले पराजित

२०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित हासिल गरेको छ ।

बिहीबार चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको हो । यस हारसँगै जिम्बाबे एक खेलअगावै बाहिरिएको छ भने दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि अर्को समूहबाट इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।

भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो । ओपनर ब्रायन बेनेटले ५९ बलमा ९७ रनको अविजित पारी खेले । कप्तान सिकन्दर राजाले ३१ रन बनाए । भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २५६ रनको विशाल योगफल खडा गरेको थियो । अभिषेक शर्माले ३० बलमा ५५ रन बनाए भने हार्दिक पान्ड्याले २३ बलमा अविजित ५० रन बनाए । तिलक वर्माले १६ बलमा अविजित ४४ रन बनाए । इशान किशनले ३८, सूर्यकुमार यादवले ३३ तथा सन्जु सामसनले २४ रन बनाए ।

जिम्बाबेका लागि रिचर्ड एनगरभा, सिकन्दर राजा, ब्लेसिङ मुजाराबानी र तिनोतेन्दा मापोसाले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार