काठमाडौं : रियाल मड्रिडले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा गेटाफेसँग १–० को हार व्यहोरेको छ ।
सोमबार गेटाफेलाई रियालको घरेलु मैदान स्टाडियो सान्टियागो बर्नबेउमा जित दिलाउन मार्टिन साट्रिआनो निर्णायक बने । साट्रिआनोले दिलाएको अग्रतलाई नै अन्तिम समयसम्म जोगाउँदै पाहुना टोलीले रियालविरुद्ध जित निकालेको हो । उनले ३९औँ मिनेटमा गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।
खेलेको इन्ज्युरी समयमा फ्रांको मस्टान्ट्युओटोले रातो कार्डको दर्शन गरेपछि रियाल १० खेलाडीमा सीमित भएको थियो । जितसँगै गेटाफेले ला लिगामा ३२ अंक जोडेको छ । ।









