काठमाडौं : विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा प्रत्येक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ सम्म सञ्चालन गरिएको थियो । यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशैभरि प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ ।
बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै १००० भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ । कार्यक्रमहरूमा साना–साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो ।
यसका साथै, हाल बढ्दो डिजिटल ठगीका घटनाहरूलाई मध्यनजर गर्दै बैंकले ओटीपी सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरिएको छ, जसले विभिन्न समुदायसम्म वित्तीय सुरक्षासम्बन्धी सन्देश प्रभावकारी रूपमा पु¥याउन सहयोग पु¥याएको छ ।
त्यसैगरी, बैंकले सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपतकालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोवार गर्दा हुने गल्तीहरु तथा अनलाईन ठगीहरुबाट बच्न सम्बन्धी जानकारी समेत प्रदान गरेको छ ।
बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपतकालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोवार गर्दा हुने गल्तीहरु तथा अनलाईन ठगीहरुबाट बच्न सम्बन्धी जानकारी समेत प्रदान गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।









