काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको क्रममा आफ्नी छोरी गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार भएको जिकिर गरेका छन्।
जाँचबुझ आयोगसँगको बयानमा प्रचण्डले काठमाडौंमा आफ्नो घर नभएको बताएका छन्।
बयानमा भनेका छन्, ‘भदौ २४ गते काठमाडौंमा म बस्दै आएको भाडाको निवास तथा चितवन स्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। काठमाडौंमा मेरो आफ्नै घर छैन। मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो। न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौँ।’









