उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक पौडेलसँग १५ लाख धरौटी माग

२०८२ चैत्र ११, बुधबार

काठमाडौं : उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक सुरेन्द्र पौडेलसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

उनी महाप्रबन्धक हुँदा कम्पनीमा १२ करोड ४७ लाख २२ हजार रुपैयाँबराबरको हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगल गत १८ माघमा मुद्दा दायर गरेको थियो।

पौडेल बुधबार विशेष अदालतमा उपस्थित भएकोमा न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी भन्दै हालका लागि १५ लाख रुपैयाँ धरौटी माग गरेको हो।

पौडेल पछिल्लो समय नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष थिए। यो मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार