विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

२०८२ चैत्र ११, बुधबार

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ ।

अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइनेमध्ये एक हो । यस प्रि–अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबी भेरियन्टका लागि उपलब्ध तीन विशेष अफरहरूमध्ये कुनै एक रोज्न सक्नेछन् ।

·        रू.१०,००० तत्कालै क्यासब्याक वा

·        साओमी वाच एस ४ (४१ एमएम) मात्र रु. २४,९९९ (वास्तविक मूल्य रु ३९९९९) वा

·        साओमी बड्स ५ फ्रि (वास्तविक मूल्य १५,९९९)

साओमी १७ अल्ट्रा किन्ने ग्राहकहरूले बिक्री पछि विशेष सुविधाहरू प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्ने छन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउने छन् । यसका साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन ।

साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध छ । यो आफ्नो श्रेणाीमा सबैभन्दा पातलो र हल्का डिभाइसमध्ये एक हो, जसले लामो समयसम्म आरामदायी र उत्कृष्ट अनुभव प्रदान गर्छ । लाइका ( Leica) सँगको सहकार्यमा विकसित यो डिभाइसले उत्कृष्ट फोटो र भिडियो खिच्ने क्षमता राख्छ ।

साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागशिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५०L इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसमा अत्याधुनिक ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्दछ ।

डिभाइसमा ६००० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री छ । जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ । यसले लामो समयसम्म टिक्ने क्षमता राख्दछ । आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबै तिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गर्छ ।

यससँगै साओमी १७ अल्ट्राले धेरैजसो अवस्थामा ३५०० निट पीक ब्राइटनेस दिन्छ र डिसी डिमिङ फिचरले आँखालाई थाक्न दिँदैन । त्यस्तै साओमी प्याड ८ मा पनि क्यासब्याक र बन्डलिङ अफरहरू उपलब्ध गराइएको थियो । तर सोचेभन्दा अत्यधिक प्रि–बुकिङ भएपछि खुला गरिरएको केही घण्टामै प्रि–अर्डर अफर बन्द गरिएको हो ।

साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबीको मूल्य रु १,९९,९९९ तोकिएको छ भने यसको प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार