‘वाडा अटो शो २०२६’ मा बीवाईडी गाडी किन्दा विशेष अफर

२०८२ चैत्र ११, बुधबार

काठमाडौं : नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ ।

पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ ।

बीवाईडी एट्टो १ – तपाईंका लागि डिजाइन गरिएको, सहरका लागि बनेको : यो एक कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयूभी हो । व्यावहारिक विशेषता र दक्षता सहितको यो गाडी अर्वन मोबिलिटीका लागि उपयुक्त छ ।

बीवाईडी एट्टो २ – तपाईको पहिलो एसयूभी, अब इलेक्ट्रिक : यो एक भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी हो । प्रत्येक दिनको ड्राइभिङका लागि डिजाइन गरिएको यो एसयूभीमा टेक्नोलोजी, स्पेस र कन्भेनियन्सको परफेक्ट ब्यालेन्स छ ।

बीवाईडी एट्टो ३ – नेपालकै नम्बर १ एसयूभी : बीवाईडी एट्टो ३ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जुन सहरी तथा लामो दुरी दुवै ड्राइभिङका लागि निर्मित छ । यसमा एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र मोडर्न डिजाइन लगायतका फिचर छन् ।

पाँच दिन सम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने छ । प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुनेछ ।

यस अन्तर्गत :
-ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी
-१ वर्षको फ्रि इन्स्योरेन्स
-१ वर्षको सडक दस्तुर छुट
-आकर्षक नगद छुट
-फ्रि एसेसरिज
-कम्प्लिमेन्ट्री होम चार्जर
उपलब्ध हुनेछ ।

बीवाईडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३।० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन् । यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको छ ।

यसै सन्दर्भमा बोल्दै साइमेक्स इंकका प्रतिनिधिले भने, ‘काठमाडौं बाहिरका ग्राहकहरुसँग जोडिन र बीवाईडीले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउनका लागि वाडा अटो शो एउटा उत्कृष्ट प्लेटफर्म हो । हाम्रो विशेष अफर र प्रमाणित प्रविधिमार्फत ईभीको स्वामित्वलाई सहज पहुँचयोग्य र फलदायी बनाउने लक्ष्य हामीले लिएका छौ ।’

अवलोकनकर्ताहरुले सवारी साधनहरु अवलोकन गर्न, विशेषज्ञहरुसँग अन्तरक्रिया गर्न र सो इभेन्टमा मात्र उपलब्ध हुने अफरको फाइदा लिन सक्नु हुनेछ । थप जानकारी र बुकिङका लागि, यो नम्बरमा सम्पर्क गर्न सकिनेछ।
९८०२८५७७६७/९८०२८५३०९८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार