पीएम कपमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी खेल्दै

२०८२ चैत्र १२, बिहीबार

काठमाडौं : एक दिवसीय प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ भने बागमतीले नेपाल पुलिस क्लबसँग खेल्दैछ । यी दुवै खेल बिहान साढे ९ बजे सुरु हुँदैछन् । यसअघि एक खेलेको आर्मीले जित निकालेको थियो भने गण्डकी पराजित भएको थियो ।

उता दुई/दुई खेल खेलेका पुलिस र बागमतीले एकमा हार र एकमा जित निकालेका छन् । यसपटक पीएम कप मधेश र बागमती प्रदेशमा भइरहेको छ । मधेशको जनकपुर र वीरगञ्ज एवं बागमतीको काठमाडौंमा खेल भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार