सुदूरपश्चिम प्रदेशले कर्णालीलाई चार विकेटले हरायो

२०८२ चैत्र १०, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले जित हासिल गरेको छ ।

वीरगञ्जमा खेलिएको उक्त खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय १९ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले २९.२ ओभरमै ६ विकेट गुमाएर एक सय २२ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

सुदूरपश्चिम प्रदेशको जितमा हेमन्त धामी नायक बने । पहिले ब्याटिङ गरेको कर्णालीलाई सस्तोमा समेट्ने क्रममा उनी एक्लैले ६ विकेट लिए । उनले सात ओभरमा एक मेडन राख्दै केवल १६ रन खर्चिएका थिए । शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले पनि एक–एक विकेट हात पारे । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ३३ रन बनाए ।

ओपनर सुनिल धमलाले पनि टोलीको खातामा २८ रन थपे । अरविन्द घर्तीले १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।कर्णालीले अतिरिक्त रूपमा २२ रन पायो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले २६, खड्क बोहोराले २३, मिलन बोहराले अविजित १८ र कप्तान शेर मल्लले अविजित १० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार