काठमाडौं : वाई-फाई नेपाल ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ ‘अपग्रेड अफर’ सार्वजनिक गरेको छ।
कम्पनीले इन्टरनेट सेवाको गुणस्तर थप सुधार गर्दै प्रयोगकर्तालाई उच्च गति र थप सुविधासहितको अनुभव प्रदान गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ। यस अफर अन्तर्गत हालका ग्राहकहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० Mbps सम्म अपग्रेड गर्न सक्नेछन्। उच्च गतिको इन्टरनेटमार्फत सहज स्ट्रिमिङ, छिटो डाउनलोड तथा अनलाइन काम र मनोरञ्जनका लागि उत्कृष्ट अनुभव प्राप्त हुने कम्पनीको दाबी छ।
यो योजना ६ महिना, १२ महिना र २४ महिनाका सबै इन्टरनेट प्याकेजहरूमा उपलब्ध रहेको छ। ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार अवधि छनोट गरी सेवा लिन सक्नेछन्। अपग्रेड अफर अन्तर्गत ग्राहकलाई निःशुल्क Dual Band Router पनि उपलब्ध गराइनेछ, जसले बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र एकैपटक धेरै उपकरणमा सहज इन्टरनेट प्रयोग सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
यसका साथै विशेष सहकार्य अन्तर्गत ग्राहकहरूले निःशुल्क KPI Helmet समेत प्राप्त गर्नेछन्, जसले योजनालाई अझ आकर्षक बनाएको छ।कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ। त्यसैले ग्राहकलाई समयमै आफ्नो प्याकेज अपग्रेड गरी सुविधाको अधिकतम लाभ लिन आग्रह गरिएको छ।
इन्टरनेट सेवामा प्रतिस्पर्धा बढ्दै गइरहेको अवस्थामा वाई-फाई नेपालको यो पहलले ग्राहक अनुभव सुधार गर्नुका साथै बजारमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।









