पहिरोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२०८२ चैत्र १५, आईतवार

झापा : इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए । अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए ।

घटनामा मानवीय क्षति भने नभएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार