आर्सनललाई हराउँदै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौं : पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

हंगेरीको पुस्कास एरेनामा शनिबार राति भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पीएसजी ४–३ ले विजयी भयो । आर्सनलका डिफेन्डर ग्याब्रियलले प्रहार गरेको पेनाल्टी पीएसजीका गोलकिपर माटभे साफोनोभको क्रसबार माथिबाट बाहिरिएपछि पीएसजीको जित निश्चित भएको हो ।

यस जितसँगै पीएसजी सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक उपाधि जितेको रियल म्याड्रिडपछि च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार