काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
मेडिसिटी अस्पतालले आइतबार बेलुका अध्यक्ष दाहालको स्पास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेका जनाएको छ।
श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।
अस्पतालले भनेको छ, ‘अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उनमा निमोनियाको सङ्क्रमण देखिएको छ। यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न गरिएका छन्। उपचार प्रक्रिया सुरु गरिएको छ, पूर्णस्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरूप उनलाई दुई–तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्नेछ।’









