प्रभु बैंकका तत्कालीन सिइओ शेरचनलाई ५ लाख जरिवाना

२०८३ श्रावण १७, आईतवार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई ५ लाख रूपैयाँ नगद जरिवाना गरेको छ।

उनलाई केन्द्रीय बैंकबाट जारी निर्देशनहरू उल्लंघन गरेको निष्कर्षसहित जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकले विगतका समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा कर्जासम्बन्धी दिइएका अधिकांश निर्देशन कार्यान्वयन नगरेको, पटक पटक नियामकीय निर्देशन उल्लंघन गरेको तथा पछिल्लो समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ मा समेत अघिल्लो निरीक्षणमा औंल्याइएका अधिकांश कैफियत सुधार नगरेको पाइएको थियो।

त्यस्तै, बैंकले एकीकृत निर्देशन बमोजिम कर्जाको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकमा पेस गरिएको कर्जासम्बन्धी विवरण बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त हुने विवरणसँग नमिलेको पनि निरीक्षणमा भेटिएको थियो।

नियामकीय निकायलाई फरक विवरण बुझाउनु गम्भीर उल्लंघन भएको निष्कर्ष निकाल्दै त्यस बेला बैंकको नेतृत्व गरिरहेका शेरचनलाई व्यक्तिगत रूपमा जरिवाना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार