काठमाडौँ : जेन जी आन्दोलनमा कारागारबाट फरार भएका कैदी भरुवा बन्दुकसहित नेपाल प्रहरीले पक्राउ गरेको छ ।
एक सिंगे गैँडा मारी, वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएर भरतपुर कारागारमा चितवन थाकलटारका ४५ वर्षीय आईतसिंह लामा कैद भुक्तान गरिएका थिए। तर, जेन जेड आन्दोलनमा उनी फरार रहेका थिए।
उनलाई खोजतलास गर्ने क्रममा उनकै घरबाट इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी टोलीले १ भरुवा बन्दुकसहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।



