देशलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

२०८३ श्रावण १७, आईतवार

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले देशको प्रमुख चुनौती बनेको टिप्पणी गरेका छन् ।

आइतबार आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

देशको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमि बन्नबाट कसरी बचाउने प्रमुख चुनौती रहेको नेपालको भनाइ छ । उनले नेपाल कुनै पनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले पछिल्लो समयमा देशमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने उल्लेख गरे । सहिदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार