खोलामा नुहाउने क्रममा बालकको डुबेर मृत्यु

२०८३ श्रावण १७, आईतवार

काठमाडौँ : कैलालीमा खोलामा नुहाउन क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–८, लिक्मास्थित साथीहरूसँगै खोलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलिम धामी डुबेका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराका अनुसार खबर पाउनेबित्तिकै खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकल पुर्‍याएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डीएसपी महराले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार