
काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुस्थित नर्सिङ क्वार्टरमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान दधीराम भण्डारी आएर पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए ।थप अनुसन्धान भइरहेको उनले बताए । भण्डारी त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारी हुन् । उनले सधैँ अफिस जाँदा आउँदा श्रीमतीलाई ल्याउने लैजाने गरेको बताइएको छ ।
भण्डारीले आज कार्यालयबाट फर्किँदा अस्पताल आएर एकछिन रेष्ट गर्छु भनेको थिए भने श्रीमती ड्युटीमै थिइन् । पछि खाजा खान ३ बजेतिर फोन गर्दा नउठेपछि गएर हेर्दा मृत अवस्थामा फेला परेको बताइएको छ ।
दुईजना लामो समयदेखि क्वार्टरमै बस्थे नयाँ क्वार्टर बनाउने तयारी भएपछि त्यो क्वार्टर छाडेका थिए । तर, चाबी भने बुझाइएको थिएन ।