सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८० आश्विन ८, सोमबार

रुपन्देही : सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परी दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार