
पोखरा : गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगरका अनुसार कारागारको भौतिक संरचना मर्मतको लागि सो रकम विनियोजन गरिएको हो । मन्त्री मगरले सोमबार कारागारको निरीक्षण पनि गरेका थिए।
उनले कारागारलाई आवश्यक पर्ने खेलकुदका सामग्री तथा पुस्तकालयका लागि पुस्तक तथा त्रिपाल उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए। यस्तै मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए।
कास्की कारागार प्रमुख भीमराज कोइरालाले भौतिक निर्माणको लागि दक्ष जनशक्तिको कमी नभएको र सामानमात्रै चाहिएको जानकारी दिए। कास्की कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक र पूरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बी’ गरी दुईवटा भवन छन्।
ती तीन भवन (कास्की कारागार) मा हाल ४५ महिला ६ आश्रित नाबालिग र ६९४ पुरुष गरि कुल ७४५ कैदिबन्दी रहेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।