ससुराली पुगेका यी युवकले ससुरालाई रक्सी पिलाएर सासू लिएर टाप

२०७९ चैत्र ९ बिहीबार

भारत : राजस्थानको सिरोहीबाट एउटा अनौठो प्रेमकथा बाहिर आएको हो । एक ज्वाँई आफ्नै सासूलाई लिएर भागेका छन् । त्यहाँ सासूर ज्वाइँको रोचक प्रेम कहानी यतिबेला भाइरल बनेको छ ।

त्यहाँ एक जना सासू लिएर भागेपछि ससुराले प्रह’री चौकीमा उजुरी दिएका छन् । जानकारी अनुसार यो घटना राजस्थानको सिरोही जिल्लाको सियांकारा गाउँको हो । उनका ज्वाइँ नारायण जोगीले त्यहाँको अनादरा चौकी निवासी रमेश जोगीकी श्रीमतीलाई लिएर भागेका हुन् ।

प्रहरी चौकीमा परेको उजुरी’मा रमेशले ज्वाइँले श्रीमतीलाई प्रलोभनमा पारेर भगाएको आरोप लगाएका छन् । रमेशले श्रीमतीलाई लैजानअघि ज्वाइँले आफूसँग रक्सी पार्टी गरेको जानकारी गराएका छन् । नारायणले ससुरालाई रक्सी पिलाएका थिए । त्यसपछि उनी सासू लिएर भागेका हुन् ।

रमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बोतल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै रक्सी पिउन लगाए । रक्सीले गर्दा मैले केही बुझ्न सकिनँ । साँझ ४ बजे उठ्दा श्रीमती र ज्वाइँ दुवैजना गएको देखेँ ।’ रमेशले दुवैलाई वरपर खोजेका पनि थिए ।

तर कसैलाई केही जानकारी थिएन् । त्यसपछि उनले प्रहरीलाई घटनाबारे जानकारी गराउँदै उजुरी दिएका हुन् । यस घटनामा अनादरा प्रहरी चौकी इन्चार्ज बलभद्र सिंहको बयान पनि बाहिर आएको छ । नयाँ वर्षका दिन साँझ नै पीडित रमेश जोगीले श्रीमती हराएको उजु’री दिएको सिंहले जानकारी गराए ।

समाचार अनुसार रमेशका तीन छोरी र एक छोरा छन् । उनका सबै छोरीहरु विवाहित छन् । योसँगै उनका ज्वाइँ नारायणका पनि तीन सन्तान छन् । उनले एक छोरीलाई पनि सँगै लिएर गएको खुलासा भएको छ । हाल प्रहरीले यस विषयमा उजुरी दर्ता गरेरअनुसन्धान गरिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार