फेसबुक र इन्स्टाग्राममा फेरि आयो समस्या

२०८० चैत्र ७, बुधबार

काठमाडौं : मेटा कम्पनीको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।

केही दिन अघि मात्रै लगईन नै नहुने समस्या देखिएको यी कम्पनीमा बुधबार पनि प्राविधिक समस्या देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको गुनासो गरेका छन् ।

यो समस्या विश्वभरिका अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । केही दिन अघि पनि यी प्लेटफर्महरुमा लगईन नै नहुने समस्या आएको थियो । करिब एक घण्टा विश्वभर नै यस्तो समस्या देखा परेको थियो । यसबारेमा मेटाले आधिकारिक जानकारी दिएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार