‘महाजात्रा’ हेरेर ओलीको प्रतिक्रिया – ‘दशमा १० अङ्क दिन केही राजनीतिक विषयले रोक्यो’

२०८० चैत्र १३, मंगलवार

काठमाडाैं :प्रदीप भट्टराई लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ पाँचौँ दिनमा प्रदर्शनरत छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्मले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरिरहेको छ ।

चौतर्फी र चर्चा पाइरहेको फिल्म ‘महाजात्रा’देशका उच्च ओहदाका व्यक्तिहरूले समेत हेरेका छन् । षट्कोण आर्ट्सले निर्माण गरेको ‘महाजात्रा’ आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको यो फिल्म हेरेका अधिकांशले उत्कृष्ट बनेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रदर्शनै दिन देखि बम्पर व्यापार गरिरहेको ‘महाजात्रा’ पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै ऐमाले नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीले हेरेका छन् ।

सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित फिल्म हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए । फिल्म हेरेपछि संक्षिप्तरूपमा प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिएका छन् ।

ओलीले भने, ‘फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाए । फिल्म राम्रो बन्न संदेश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो विराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ । यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ ।

‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार