ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

२०८० चैत्र १४, बुधबार

काठमाडौँ : ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेल ३-३ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए ।

यस अघि ब्राजिलका लागि रोड्रीगो र युवा खेलाडी एनड्रिकले एक एक गोल गरेका थिए । त्यसैगरी स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार