गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना

२०८० चैत्र १४, बुधबार

काठमाडौँ : आईपीएल टिम गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ (भारतीय) जरिवाना तोकिएको छ। ढिलो ओभर रेटका कारण उनलाई उक्त जरिवाना लगाइएको हो। आईपीएल २०२४ मा खेलिएको आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सको टोली चेन्नई सुपर किंग्सविरुद्ध मैदानमा उत्रिएको थियो। टोलीले जानाजान सुस्त गतिमा खेलेको आरोप छ।

यही कारणले टिमका कप्तान शुभमन गिलले १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको हो। इन्डियन प्रिमियर लिगले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। सूचनामा भनिएको छ, ‘यो टोलीको पहिलो गल्ती भएकाले आईपीएल आचारसंहिता अन्तर्गत उनलाई न्यूनतम जरिवाना लगाइएको छ।’

मुम्बई इन्डियन्सविरुद्धको पहिलो जितपछि गुजरात टाइटन्सले हारको सामना गर्नुपर्‍यो। मंगलबार टोली चेन्नई सुपर किंग्सविरुद्ध मैदानमा उत्रिएको थियो। चेन्नई सुपर किंग्सले ६ विकेट गुमाएर २०६ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्स पिचमा आए पनि टिमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। टिमले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार