प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

२०८० चैत्र १५, बिहीबार

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो।

संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच एक्लाएक्लै भएको यो पहिलो भेट हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार