यस कारण हलिउड फिल्ममा काम गर्दैनन् शाहरुख खान …

२०८० चैत्र १५, बिहीबार

नयाँ दिल्ली : शाहरुख खान भारतमा मात्रै होइन विदेशमा पनि चर्चित बलिउड हस्ती हुन् । दुनियाँभर मानिसहरू उनको एक झलक पाउन आतुर रहन्छन् । किङ खानसँग रोमान्टिक पोज दिने र उनीसँग काम गर्ने सपना हरेक अभिनेत्रीको हुनछ । शाहरुख अभिनयभन्दा धेरै आफ्नो व्यक्तित्वका कारण चर्चामा रहने गरेका छन् । अभिनेताले ३० वर्षभन्दा बढी समयदेखि बलिउडका ‘किङ खान’को रूपमा शासन गरिरहेका छन् ।

तर उनले अहिलेसम्म कुनै हलिउड फिल्ममा काम गरेका छैनन् । उनको स्टारडम भारतमा जस्तो छ सात समुन्द्र पार पनि त्यस्तै छ । यति चर्चित भएर पनि उनले अहिलेसम्म किन हलिउडका फिल्म खेलेनन् भन्ने प्रश्न बेला बेलामा उठ्ने गरेको छ । हालै एउटा अन्तरवार्तामा उनले हलिउडमा काम किन नगरेको भन्ने प्रश्नको जवाफ दिएका थिए ।

शाहरुखको अधिकांश फ्यानको मनमा प्रायः उठ्ने प्रश्न हो उनी हलिउडमा किन जाँदैनन् ? यसको पछाडिको कारण किङ खानले खुलाएका छन् । यसअघि शाहरुखलाई सन् २००८ मा ड्यानी बोयलको फिल्म ‘स्लमडग मिलेनियर’ अफर भएको थियो । तर केही कारणले उनले सो फिल्म अस्वीकार गर । उनलाई फिल्ममा टिभी गेम शो ‘हु वान्ट्स टु बी अ मिलियनेयर ?’ मा होस्टको भूमिका अफर भएको थियो । फिल्ममा होस्टको भूमिकामा अनिल कपुर देखिएका थिए । शाहरुखले उक्त प्रोजेक्टलाई अस्वीकार गरेपछि अनिलले सो भूमिका पाएका थिए ।

हलिउडले ४६ वर्षीय ब्राउन इन्डियन पुरुषको कथा लिएर आफू सामु आएको काम गर्ने थिए भनेर हालै नेशनल न्यूजसँगको एक अन्तर्वार्तामा शाहरुखले भनेका थिए । त्यतिबेला अभिनेता ४६ वर्षका थिए । ‘म जोन ट्राभोल्टभन्दा राम्रो नाच्न सक्दिनँ । म टम क्रुज भन्दा राम्रो देख्दिन । मैले यस्तो गर्न नचाहेर होइन उनीहरूले जस्तो गर्न नसक्ने भएकोले म यसको आकांक्षा पनि गर्दिन ।’ शाहरुखले भनेका छन् ।

लियोनार्डो डिक्याप्रियोसँग स्क्रिन शेयर गर्लान् शाहरुखले ?

पल श्रेडरको ‘एक्स्ट्रिम सिटी’मा शाहरुखले लियोनार्डो डिक्याप्रियोसँग स्क्रिन सेयर गर्ने हल्ला चलेको थियो । अभिनेताले यो हल्लाबारे प्रतिक्रिया दिएका छन् । ‘एक्स्ट्रिम सिटी’का लागि ६ देखि ८ महिनासम्म तयारी गर्नुपर्ने अनि आफूले अरु दुई ओटा फिल्म सक्काउनु पर्ने भएकोले यो फिल्मको बन्न नसकेको शाहरुखले बताएका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान वाईआरफको पठान २ मा देखिनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार