नेपाल र आयरल्यान्ड बिचको खेल रद्द

२०८० चैत्र १५, बिहीबार

काठमाडौँ : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको टी–२० क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो खेल रद्द गरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने तय थियो । तर वर्षाका कारण खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेलने कार्यक्रम रहेको छ । यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो । नेपालको राष्ट्रिय टोलीले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली ७१ रनले विजयी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार