बाल्टिमोर दुर्घटना : बेपत्ता ६ मध्ये दुई जनाको शव भेटियो

२०८० चैत्र १५, बिहीबार

काठमाडौं : अमेरिकाको बाल्टिमोर सहरमा भएको दुर्घटनापछि जारी उद्धार अभियानमा अमेरिकी प्रहरीले दुई जनाको शव फेला पारेको छ । दुवैको शव २५ फिट तल रातो रंगको पिकअप ट्रकमा फसेको थियो ।

शवको पहिचान बाल्टिमोरका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस र डुन्डल्कका २६ वर्षीय डोर्लियन कास्टिलो क्याब्रेराको रूपमा भएको छ । अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले मृत घोषणा गरिएका सबै ६ कामदारको शव खोजिरहेका छन्।

दुर्घटना हुँदा यी सबै कामदार पुलमा खाल्डा भर्ने काममा व्यस्त थिए र जहाज पुलमा ठोक्किएपछि पानीमा झरेका थिए । कार्गो जहाजबाट डाटा रेकर्डर पनि बरामद भएको छ । यसबाट दुर्घटनाबारे थप जानकारी खुल्ने अनुसन्धानकर्ताहरूले आशा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार