महामन्त्री ढकालसहित रास्वपाका नेताहरू च्यासलमा

२०८० चैत्र १५, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर दलबीच आपसी अध्ययनको संस्कार सुरू गरेको बताएको छ।

यही क्रममा बिहीबार रास्वपाका महामन्त्री डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु लामा लगायतको समूह ललितपुरस्थित नेकपा (एमाले) को पार्टी कार्यालय पुगेको हो।

‘राजनीतिक दल आफू व्यवस्थित हुन सके मात्र देशलाई व्यवस्थित बनाउन सक्दछ। पार्टीको आन्तरिक प्रशासन र व्यवस्थापनले समग्र राजनीतिक परिणाममा समेत प्रभाव पार्ने हुन्छ। तसर्थ राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी तथा कर्मचारीले आज एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको थियो। अध्ययन भ्रमणमा पार्टी महामन्त्री डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता रहेको थियो,’ रास्वपाले जनाएको छ।

भ्रमणका क्रममा एमाले महासचिव शंकर पोखरल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई तथा कार्यालय सचिव भीष्म अधिकारी लगायतसँग छलफल भएको रास्वपाले बताएको छ।

एमालेका नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएको रास्वपाले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार