गुल्मीमा ६२ वर्षका कुँवर नातिसँगै एसईईमा सहभागी

२०८० चैत्र १५, बिहीबार

गुल्मी : गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् ।

जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार म्यालेपोखरी माध्यमिक विद्यालयबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए । उमेर छँदा विभिन्न कारणले पढ्न नपाएकाले पढ्ने रहर पूरा गर्नका लागि एसईई दिएको कुँवरले बताए । उनी पृथ्वी माध्यमिक विद्यालयका नियमित विद्यार्थी हुन् ।

टीकाबहादुरका नाति अंकितले पनि यस वर्षको एसईई केन्द्राध्यक्ष प्रेमबहादुर बोहराले जानकारी दिए । म्यालेपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट १७४ जना एसईई परिक्षामा सहभागी भएका छन् । गुल्मीबाट यसवर्ष ४ हजार ९७ जना एसईई दिएका छन् । अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जुन यस वर्ष भन्दा ६२५ जना बढी हो । जिल्लाबाट नियमित साधारणतर्फ ३ हजार ७९० जना नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी भएका छन् ।

जिल्लाबाट यसवर्ष दृष्टिविहीन १ जना फरक क्षमता भएका १ जना विद्यार्थी पनि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार