आईपीएलमा आज कोलकोत्ता र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच भिडन्त

२०८० चैत्र १६, शुक्रबार

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज कोलकोत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुँदैछ। बैङ्गलोरस्थित एम चिन्नास्वामी स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेबाट सुरु हुनेछ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोरले हालसम्म २ खेल खेलेकामा १ मा जित र एकमा पराजित भएको छ भने श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताले एक खेल खेलेकोमा त्यसमा जित हात पारेको छ।

आईपीएल इतिहासमा हालसम्म दुबै टोलीले ३२ खेल खेलेका छन्। जसमा कोलकोत्ताले १८ मा जित हात पारेको छ भने बैङ्गलोरले १४ मा जित हात पारेको छ। दुबै टिमको स्क्वाडले आजको खेललाई थप उत्साहजनक बनाउने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार