बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

२०८० चैत्र १६, शुक्रबार

काठमाडौं : दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरतर्फ गइरहेको बस बिहीबार दुर्घटनामा परेको हो।

बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर पुलबाट झन्डै ५० मिटर तल खसेको त्यहाका अधिकारीहरूले जनाएका छन्। त्यसपछि बसमा आगो लागेको थियो।उक्त दुर्घटनामा एक आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। गम्भीर घाइते उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल पुगेका यातायात मन्त्री सिन्दसिवे चिकुङ्गाले बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेकी छन्।

उनले दक्षिण अफ्रिकी सरकारले शवहरू हस्तान्तरण गर्न र दुर्घटनाको कारणबारे पूर्ण अनुसन्धान गर्न सहयोग गर्ने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार