सुनको मुल्यमा भारी वृद्धि

२०८० चैत्र १६, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २१ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ कायम आज २ हजार १ सय रूपैयाँले बढेर १ लाख ३० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १५ सय १० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १५ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार