‘महाजात्रा’को आक्रामक कमाइ, ७ दिनमै ६ करोड २४ लाख ग्रस कलेक्सन

२०८० चैत्र १६, शुक्रबार

काठमाडौँ : प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ले बक्सअफिसमा आक्रामक कमाइ गरेको छ।

चैत ९ गतेदेखि रिलिज भएको यस फिल्मले नेपालभरिबाट एक सातामा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको हो। फिल्म निर्माण टिमले आज बिहान एक हप्ताको व्यापार सार्वजनिक गरेको हो।

आजदेखि दोस्रो सातामा प्रवेश गरेको यस फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। निर्देशक प्रदीपकै कथा रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, पुष्कर गुरुङ, शिशिर वाङ्देल, रवीन्द्र सिंह बानियाँलगायतको अभिनय छ।

बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यो हिट फिल्म जात्रा र जात्रैजात्राको तेसो सिक्वेल हो।

आपत्‌कालीन अवस्थामा पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई महाजात्रामा रोचक शैलीमा प्रस्तुत गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार