५० वर्षमा एसइई दिँदै वडाध्यक्ष

२०८० चैत्र १६, शुक्रबार

बाँके : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन्।

जनप्रतिनिधिको रुपमा दिनरात खटिने उनको पछिल्ला केही दिनको दैनिकी फेरिएको छ। शेष २०८० सालको परीक्षामा सहभागी भएका हुन् । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी भएका हुन्। एसइईमा राम्रो तयारीका लागि उनले वडामा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्। शेषले भने, ‘पहिले अभिभावकले धार्मिक शिक्षा पढाउनुभयो, अहिले मलाई औपचारिक शिक्षा पढ्न मन लाग्यो, एसइई राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन गर्ने रहर छ।’

उनले अहिले आफू परीक्षा दिइरहेको बताए। ससाना नानी बाबू परीक्षामा सहभागी भएको देख्दा आफूले बाल्यकालमा किन पढ्न पाइनँ भन्ने लागे पनि पढाइ अघि बढाउने इच्छाशक्ति भए उमेर बाधक नहुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार