कांग्रेस केही समयमै सरकारमा फर्किन्छ : गगन थापा

२०८० चैत्र १६, शुक्रबार

कपिलवस्तु : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही समयमै आफ्नो पार्टी सरकारमा फर्किने बताएका छन्।

‘समुदायमा कांग्रेस अभियान’अन्तर्गत कपिलवस्तुको लबानमा शुक्रबार आयोजित सभालाई सम्बोधनका क्रममा थापाले यस्तो बताएका हुन्।महामन्त्री थापाले अहिले कांग्रेस सरकारमा नभएको बताउँदै सरकारले केही समयमा कांग्रेसलाई पच्छाइहाल्ने दाबी गरेका छन्। आफूले निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन नसक्ने कुरा राख्दै आइरहेको भए पनि त्यसो हुन नसकेको उनले बताए।

सम्बोधनका क्रममा थापाले अहिले कांग्रेसमा क्रियाशील सदस्यता लिने प्रक्रिया अप्ठेरो रहेको बताए। अब त्यो व्यवस्थालाई खुकुलो बनाएर लैजाने पनि उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार