देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

२०८० चैत्र १६, शुक्रबार

दाङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गरेका छन् ।

शुक्रबार दाङको लमही नगरपालिका- ९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झूठो मुद्दा लगाएर फसाउन खोजिएको टिप्पणी गरे । स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको उनले स्मरण गरे । खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व कांग्रेसजनको भएको उनको भनाइ छ ।

खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार